जुलियन असान्जलाई परिवारको चिन्ता
असार ६ – विकिलिक्सका संस्थापक जुलियन असान्जले आफ्नो परिवार असुरिक्षत रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
लण्डनमा रहेको इक्वेडरको दूतावासमा सञ्चारकर्मीसंग असान्जले अपरिचित व्यक्तिले आफ्ना सन्तान र आमालाई धम्की दिएको भन्दै परिवारको सुरक्षा प्रति चिन्ता व्यक्त गर्नुभएको हो ।
उहाँले चार वर्षदेखि परिवारसंग भेट्न नपाएको गुनासो पनि गर्नुभयो । आफ्ना वकिलले राजनीतिक शरण त्यागे अमेरिकामा सुपुर्द गरिने गम्भीर खतरा रहेको बताएको भन्दै असान्जले आप्mनो भविष्यप्रति निश्चिन्त नभएसम्म इक्वेडरको दुतावासमै रहने पनि बताउनुभयो ।
बेलायतको सर्वोच्च अदालतले यौन दुव्र्यवहारको आरोपबाट मुद्दा खेप्न स्वीडेनमा सुपुर्द गर्न आदेश दिएपछि २ वर्ष देखि असान्ज इक्वेडरको दूतावासमा शरण लिएर बस्नुभएको छ ।
इक्वेडरले शरण दिएपनि आफूलाई अमेरिका फर्काइन सक्ने आशंकाका कारण दूतावास छोड्न चाहनुभएको छैन । सन् २०१२ मा विकिलिक्सले विवादास्पद अमेरिकी दस्तावेज सार्वजनिक गरेपछि असान्ज चर्चामा आउनुभएको हो ।