माइती नेपालद्वारा छात्रालाई साइकल सहयोग
माइती नेपालले समयमा नै सुरक्षित साथ सुविधाजनक ढङ्गले विद्यालय जान सहयोग पुगोस् भनेर माइती नेपालले झापा, काँकडभिट्टाका विपन्न समुदायका छात्रा काँकडभिट्टा उमाविकी जानुका राई, कञ्चनजङ्घा निमाविकी रेजिना रसाइली, आदर्श उमाविकी रेश्मा देवकोटा, ज्यामिरगढी माविकी लक्ष्मी विक, धुलाबारी उमाविकी नैना भुजेल र हरि निमाविकी सुस्मिता किसानलाई निःशुल्क रूपमा साइकल प्रदान गरेको संस्थाका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले वताएकाछन । राससका अनुसार माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा आयोजित एक समारोहमा एमनेस्टी इन्टरनेसनलका पूर्वअध्यक्ष तथा आदर्श उमाविका प्राचार्य हेम खड्काले असार ६ गते झापाको काकडभिट्टामा छात्राहरूलाई उक्त साइकल हस्तान्तरण गरेका थिए ।