रणवीर र प्रियंका टाढा टाढा
मुम्वई- एउटा समय थियो वलिउडमा रणवीर सिंह र प्रियांका चोपडाको क्यामेस्ट्री निकै मिल्थ्यो। तर सिंह र चोपडा जोडिमा आजभोली खटपट आउन थालेको छ। फिल्म 'गुण्डे' मा सिंह र चोपडाको जोडिलाई याद गर्नु भएकै होला। गुण्डेको प्रचारको समयमा पनि दुवैका 'रोमान्स'का समाचार वलिउडमा चर्चित थिए।
तर यो जोडि लामो समय टिक्न सकेन। फिल्म 'दिल धडकने दो' मा दुवै जना मुख्य भुमिकामा छन्। रणवीर र प्रियंका यो फिल्म सुटिंगको समय टाढा टाढा भएका छन्।